काठमाडौँ
००:००:००
८ श्रावण २०८३, शुक्रबार

८ श्रावण २०८३
अ+
अ-

सिरहा। सिरहामा गोली प्रहार गरी प्रहरीले चार जना लागुऔषध कारोबारी पक्राउ गरेको छ। बिहीबार दिउँसो प्रहरीर लहान नगरपालिका-३ अस्पताल चोकमा लागुऔषध कारोबारीमाथि गोली चलाएको हो।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार यस क्रममा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारका २२ वर्षीय विद्यानन्न यादव, सप्तरी रुपनी गाउँपालिका-१ का ४० वर्षीय मोहम्मद नसिर, बोदे बर्साइन गाउँपालिका-२ का २८ वर्षीय शम्भुप्रसाद यादव, २४ वर्षीय वैधनाथप्रसाद यादव, डाक्नेश्वरी गाउँपालिका-२ का २८ वर्षीय मोहम्मद जमाहिर आलम र ३२ वर्षीय मोहम्मद इमामुदिन रहेका छन्।

ब्राउनसुगर कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाले बताए। नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण भएको निरौलाले बताए। यसक्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो।

हवाई फायर गर्दासमेत अटेर गरेपछि प्रहरीले मोहम्मद नासिरको बायाँ र विद्यानन्द यादवको दाहिने खुट्टामा एक-एक गोली प्रहार गरेको छ। दुबैको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले २४३ ग्राम ब्राउनसुगर बरामद गरेको छ। पक्राउ परेका अन्य चार जना इलाका प्रहरी कार्यालय लहानको हिरासतमा छन्।