९ श्रावण २०८३
सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपालका स्वास्थ्य संस्थाहरूमा भइरहेको श्रम शोषणविरुद्ध युवा, इन्टर्न र आवासीय चिकित्सकहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।

‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समिति’ को आह्वानमा आयोजित प्रदर्शनमा सहभागीले ब्यानर र प्लेकार्डसहित आफ्ना आधारभूत श्रम अधिकार र मानवीय कार्यवातावरणको माग गरेका छन्।

प्रदर्शनकारी चिकित्सकहरूका अनुसार ‘सिकाइ’ र तालिमका नाममा इन्टर्न तथा आवासीय चिकित्सकलाई लगातार २४ देखि ३६ घण्टासम्म ड्युटीमा खटाइने गरिएको छ। यसले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै बिरामीको उपचारको गुणस्तरमा समेत जोखिम बढाएको उनीहरूको भनाइ छ।