काठमाडौँ। राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ।
सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राखिन्। बैठकमा प्रा राजकुमार पोखरेल, नीरञ्जन ओझा, विष्णु खनालसँग छलफल भएको थियो। समितिका सविच सञ्जय दाहालले विश्वविद्यालयको केन्द्रीय इतिहास विभागको महत्वका विषयमा सांसदले चासोका साथ छलफल गरेको बताए।