काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ आश्विन २०८२
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिना नियुक्त भएका छन्।

मन्त्रिपरिषदको बैठकले उनीहरुलाई सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।

१२ असोजमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषदको बैठक बसेको थियो।