काठमाडौँ। दसैँ मनाउन धेरैजसो मानिस जिल्ला फर्किएपछि काठमाडौँ सुनसान बनेको छ।
सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छन्। सडकमा निस्किएकामध्ये निजी सवारीसाधन धेरै छन् भने सार्वजनिक सवारी साधनको संख्या निकै कम छ।
देशभरका विभिन्न जिल्लाबाट काठमाडौँ भित्रिएकाहरू दसैँ मनाउन आफ्नै थातथलो फर्किने हुँदा हरेक वर्ष दसैँमा काठमाडौँ सुनसान बन्छ।
विद्यालय र क्याम्पसहरूले घटस्थापनादेखि नै बिदा दिइसकेका थिए। सरकारी र निजी कार्यालयहरूले फूलपातीबाट बिदा दिएका छन्। आइतबार फूलपातीको दिन मात्रै काठमाडौँबाट एक लाखभन्दा बढी मानिसले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ।
धेरैजसो मानिस काठमाडौँबाट बाहिरिएका कारण पसल तथा व्यवसाय बन्द छन्। काठमाडौँका ठूला व्यापारिक केन्द्रहरू पनि सुनसान देखिन्छन्।









