काठमाडौं। आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष: समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।
बृष: समय मध्यम खालको छ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ ।
मिथुन: समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । जताबाट पनि तपाईलाई समय राम्रो छैन । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ ।
कर्कट: समय भरपर्दो छैन । सरकारी कार्यालयबाट काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्च हुनेछ ।
सिंह: स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ ।, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।
कन्या: समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता पाइने छ ।
तुला: साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।
वृश्चिक: आज स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । काम शुरु नगर्नु नै बेस ।
धनु: स्वास्थ्यमा सुधार आउनेछ । परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ ।
मकर: विना कामका चिन्ताले सताउनेछन् । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ ।अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ ।
कुम्भ: समय अत्यन्तै शुभ छ । लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।
मीन: स्वास्थ्य पनि भरपर्दो रहनेछैन । यत्रामा समेत झमेला हुन सक्नेछ । लामो समयदेखिको पेशाबाट तनाव उत्पन्न हुनेछ । जागीरमा समेत समस्या आउन सक्छ, आजको कसैसंग धेरै बोल्नु भन्दा नबोल्नु नै तपाइँको जित हुनेछ । आम्दानीका स्रोतहरू बन्द हुनेछन् ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।