काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात आजैदेखि तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण यातायात बन्द गरिएको हो ।
प्राधिकरणले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै २०८२ असोज १८, १९ र २० गते का लागि राजमार्गहरू पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ।
‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणले सूचना मार्फत भनेको छ ।