घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा ‘रिफर’ गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ। कपिलबस्तुको वनकसवासामा धनगढीबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन ।
धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ५७०३ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना सामान्य घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा ‘रिफर’ गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।