काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

९ असार २०८३
अ+
अ-

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आइ’ अन्तर्गत इराकलाई पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो। यो फ्रान्सको दोस्रो जित हो।

एम्बाप्पेले खेलको १४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो ।

यस्तै, एमबाप्पेले खेलको ५४ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि ओसमान डेम्बेलेले टोलीका लागि ६६ मिनेटमा तेस्रो गोल गरे। यो जित सँगै फ्रान्सले समूह चरणको एक खेल बाँकी रहँदै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।

फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। नर्वे एक खेलबाट ३ अंक बनाएर दोस्रो स्थानमा छ। सेनेगल र इराक अंकविहीन छन्।