काठमाडौँ। सानाई टाकाइची जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेता चुनिएको छिन्। टाकाइची सत्तारुढ दलको नेता चुनिएसँगै जापानको पहिलो महिला प्रधानमन्त्री बाटो खुलेको छ।
रुढीवादी दृष्टिकोण राख्ने उनी २००५ देखि सांसद रहेकी छिन्। उनी पूर्व प्रधानमन्त्री सिञ्जो आबे निकट मानिन्छन्। टाकाइची आर्थिक सुरक्षा र विज्ञान तथा प्रविधि नीति मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाली सकेकी छिन्।
उनी समलैंगिक विवाहको बिरोध गर्छिन र पारिवारिक मूल्य र मान्यता पक्षपोषण गर्छिन। यसअघि पनि उनले एलडीपीको नेता हुने चुनावमा पटक पटक भाग लिएकी थिइन् । तर सानो अन्तरले पराजित हुने गरेकी थिइन्।
टाकाइचीको पति ताकु मायामोटो पनि एलडीपीका नेता हुन्। उनीहरुबीच २००४ मा बिबाह भएको थियो। राजनीति दृष्टिकोण तथा महत्वकाक्षाको कारण दुवैबीच २०१७ मा सम्बन्ध बिच्छेद भएको थियो। २०२१मा पुन: बिबाह गरेका थिए।