१८ आश्विन २०८२
अ+
अ-

ताप्लेजुङ। ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको बोलेरो जीप पाँचथरमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको बोलेरो जिप दुर्घटनामा परेको हो।  ना १ ज ३०५५को बोलेरो गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा १२ जना सवारमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । यस्तै घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ।