काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० आश्विन २०८२
अ+
अ-

सुनसरी। सुनसरीको कोसी गाउँपालिका-७ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय दिनेश यादव छन्।

आइतबार राति इलाका प्रहरी कार्यालय भन्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धान बारीभित्र लुकाइएको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्लास्टिकको १३ वटा बोरामा लुकाएर राखेको अवस्थामा ५३७ किलो १ ४० ग्राम गाँजा बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले बताए।

गाँजा बरामद भएसँगै ओसारपोसारमा संलग्न रहेको आरोपमा यादवलाई पक्राउ गरी लागुऔषध मुद्दामा अनुसन्धान थालिएको थेवेले बताए।