काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। तेस्रोपटक टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक रिजनल छनोटअन्तर्गत कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। ओमानमा आजदेखि सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट हुनेछ।

यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो।

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ छ । यो समूहमा कुवेत र जापान छन्। प्रतियोगितामा नौ टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ आइल्यान्ड छन्। समूहको शीर्ष दुई टिम सुपर सिक्समा पुग्नेछन्।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छ्न।