काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२४ आश्विन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। नख्खु कारागारबाट भागेका कैदीले काठमाडौं महानगरपालिका-२६ ठमेल बुद्धबार गल्लीको ह्याप्पी होटलअगाडि एक व्यक्तिको हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार १३ असोजको राति मकवानपुर घर भई बालाजु मनमैजु बस्ने २५ वर्षीय सुरज तामाङको हत्या भएको हो। हत्या गर्ने व्यक्ति दाङ राप्ती गाउँपालिका-१ घर भएका आकाश मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मगर जेन-जी आन्दोलनका क्रममा २४ भदौमा नख्खु कारागारबाट भागेका थिए। उनी लागुऔषध मुद्दामा २७ असोज २०८० देखि नख्खु कारागारमा थिए।

परिसर प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार मगरले राति ११:५५ मा तामाङमाथि धारिलो हतियार प्रहार गरेका थिए। तत्काल उनलाई उपचारको लागि वीर अस्पतालमा लगिएकोमा राति १२:२५ मा मृत्यु भएको थियो।

हत्यामा संलग्न मगर फरार रहेको र उनको खोजी भइरहेको भट्टराईले बताए। उनीहरू दुबै चिनजानका साथी रहेको खुलेको छ।