२६ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मुल्य प्रतितोला तीन हजारले बढेर दुई लाख ३८ हजारमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको दुई लाख ३५ हजारमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ। यससँगै आज चाँदी तोलामा तीन हजार १२५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोलामा तीन हजार ८० रुपैयाँमा कारोबार भएको थियो।