काठमाडौं। एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको छ।
भारतले दिएको ३३१ रनको बिशाल लक्ष्य पछाएको अस्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियालाई जिताउने क्रममा कप्तान एलिसा हेलीले सर्बाधिक १४२ रन बनाएकी थिइन् ।
भारतका लागि स्मृति मन्धानाले ८० रन र प्रतिका रावलले ७५ रनको महत्त्वपूर्ण योगदान दिए।
अस्ट्रेलियाको बलिङतर्फ अन्नाबेल सदरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै ९.५ ओभरमा ५ विकेट लिइन् भने सोफी मोलिनक्सले ३ विकेट हात पारिन्।
भारतको बलिङतर्फ नल्लापुरेड्डी चरणी ३ विकेट लिइन् भने दीप्ति शर्मा र अमनजोत कौरले समान २ विकेट लिएपनि जितका लागि पर्याप्त भएन।
यो विश्वकपमा भारतको लगातार दोस्रो हार हो। यसअघिको हार दक्षिण अफ्रिकासँग भएको थियो। भारत हाल अंक तालिकामा तेस्रो स्थानमा छ, जसले आफ्ना चार खेलमध्ये दुई खेल जितेको छ।