३० आश्विन २०८२
सांकेतिक तस्बिर
अ+
अ-

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिएको बताएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ।

त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।