काठमाडौँ। निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।
प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनको प्रयोजनका लागि आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न बिहान साढे ११ बजे कार्यालयमा बोलाइएको हो।
आयोगले छलफलका लागि विघटित प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
नेकपा एमाले संसद पुनःस्थापनाको पक्षमा उभिएको छ भने अन्य दल भने निर्वाचनमा जानुपर्ने पक्षमा देखिएका छन्।