काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ कार्तिक २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौं। निर्वाचन आयोगले सूचना जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि इच्छुकलाई निवेदन दिन आह्वान गरेको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन दिन इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरिएको हो।

पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा दिन सकिने आयोगले जानकारी दिएको छ।

अन्य जिल्लाका हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा कात्तिक २६ गतेभित्र निवेदन दिन सक्ने आयोगले जनाएको छ। अन्तर्राष्ट्रिय संस्थाहरूले पर्यवेक्षण अनुमतिको लागि १२ नोभेम्बर २०२५ भित्र निवेदन दिन सक्ने सूचनामार्फत आयोगले जानकारी दिएको छ ।