काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा सहभागी हुन नयाँदिल्लीमा रहेका घिसिङ र भारतका समकक्षी खट्टरबीच बुधबार भेटवार्ता भएको हो।

विद्युत् मन्त्रालयमा भएको भेटमा नेपाल-भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति, दुवै देशबीच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारीलगायत विषयमा विस्तृत छलफल भएको थियो।

भेटमा भारतका लागि नेपालका राजदूतका शंकरप्रसाद शर्मा, भारतका विद्युत् सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो।

यो पनि…

क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल-भारत संयुक्त लगानी सम्झौता