काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच छलफल चलिरहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार मुख्यमन्त्रीहरुसहितको बैठक बालुवाटारमा बसिरहेको हो।
बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सहभागिता छ।
रावलका अनुसार प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गरेकी हुन्।