काठमाडौँ। दोलखाको गौरीशंकर गाउँपालिका ९ स्थित यलुङरी गो हिमाल आरोहणमा गएका सातजनाको मृत्यु भएको छ।
हिमपहिरोमा पाँच विदेशी र दुई नेपालीको मृत्यु भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। ११ कात्तिकमा हिमाल आरोहणमा गएकामा आज (सोमबार) हिमपहिरोमा परी उनीहरूको मृत्यु भएको थापाले बताए। हिमपहिरोमा जम्मा १२ जना थिए। अन्य पाँचजना घाइते रहेको थापाले बताए।
मृतक र घाइतेको विवरण प्राप्त भइसकेको छैन। ५‚६३० मिटर अग्लो हिमाल आरोहणका क्रममा पहिरोमा परेका मृतक तथा घाइतेको उद्धारमा सुरक्षाकर्मी परिचालन भएका छन्।
सोमबार साँझ उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी गरी ५० जनाको संयुक्त टोली घटनास्थलतर्फ परिचालन भएको छ।