काठमाडौं। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको भेला सुरू भएको छ।
वानेश्वर थापागाउ स्थित थापागाउँ ब्याकेटमा उनीहरूको छलफल सुरू भएको हो।
पार्टीको १५ ओ महाधिवेशन गराउन दबाव दिने उद्देश्यका साथ छलफल सुरू भएको हो।
छलफलमा केन्द्रीय सदस्यहरू मधु आचार्य , प्रतिमा गौतम, मुक्ता यादव, अजय बाबू शिवाकोटी नेताहरू गुरु घिमिरे, देवराज चालिसे लगायत ठूलो संख्यामा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उपस्थित रहेको छ।
जेनजी विद्रोह पश्चात् पार्टीमा विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिञिहरूले हस्ताक्षर बुझाएका छन्।