काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० असार २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपबाटै मतदान गर्ने पाउने भएका छन्।

विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो। विदेशबाट १६३ प्रतिनिधि रहेका छन्। उनीहरू मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको हो।

महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन्। त्यसका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ।