काठमाडौँ। बिहार विधानसभा चुनावको पहिलो चरणको मतदानको नतिजा सार्वजनिक भएको छ।
बिहारका मुख्य निर्वाचन अधिकृतले जारी गरेको तथ्यांकअनुसार बिहीबार साँझ ५ बजेसम्म बिहारमा ६०.१८ प्रतिशत मतदान भएको छ।
साँझ ५ बजेसम्म बेगुसरायमा सबैभन्दा बढी ६७.३२ प्रतिशत र शेखपुरामा सबैभन्दा कम ५२.३६ प्रतिशत मतदान भएको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन्।

बिहारका १८ जिल्लाका १२१ विधानसभा सिटका लागि पहिलो चरणको मतदानमा आज (बिहीबार) मतदान भएको थियो।
बिहारको २४३ सिटमा दुई चरणमा निर्वाचन हुँदै छ। दुवै चरणको मतदान सम्पन्न भएपछि नोभेम्बर १४ मा मतगणना गरिने कार्यतालिका छ।