काठमाडौं। आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष: समय शुभ रहनेछ। सफलताको सिंढी चढ्न सकिनेछ। राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउने हुँदा सामाजिक पद पाउने ग्रहयोग रहेको छ। क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ। नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ।
बृष: स्वास्थ्य राम्रो रहनेछ। ईमान्दारितापूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ। आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ। व्यापार व्यावसायमा देखिएका असहज परिबेशसलाई भत्काउँदै थप लगानि गर्न पाईनेछ । शुभचिन्तकहरु खुशी रहनेछन्।
मिथुन: परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।
कर्कट: स्वास्थ्य भरपर्दो रहनेछैन । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ l काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । आफ्ना कमजोरीहरु सकभर लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।
सिंह: समय शुभ छ । सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भए पनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धी पुराना समस्याहरु ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ ।
कन्या: बौद्धिक कार्यमा सहभागी huna painey cha ,भने जस्तो पारिश्रमिक पाईने छैन । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । पेट सम्बन्धी समस्याले सताउनेछ हुँदा मानसिक तनाव बढ्नेछ ।
तुला: अत्यन्तै शुभ छ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउँन सहज हुनेछ । अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।
वृश्चिक: उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहाँदै छुट्टिनु पर्ने हुन सक्छ ।
धनु: आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ ।
मकर: स्वास्थ्य सबल रहनेछ । समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समग्रमा समय शुभ छ ।
कुम्भ: आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नया“ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।
मीन: समय मध्यम खालको छ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट मनग्य लाभ लिन सकिनेछ ।