काठमाडौँ। श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपमा शनिबार सेमिफाइनलका खेलहरु हुँदैछन्।
पहिलो सेमिफाइनलमा नेपाली समयअनुसार दिउँसो २ बजे श्रीलङ्का र कीर्गिस्तानसँग खेल्दैछ । यस्तै दोश्रो खेलमा दिउँसो साढे ४ बजे नेपाल र माल्दिभ्ससँग खेल्दैछ।
चार टाेली सहभागि रहेकाे प्रतियाेगितामा समूह चरणकाे तीन खेलमा दुई जित र एक हार ब्यहाेरेकाे नेपाल ७ अंकसहित शीर्ष स्थानमा रह्याे।
यसैगरी अङ्क तालिकामा श्रीलङ्का दोश्रो, कीर्गिस्तान तेश्रो र माल्दिभ्स चौथो स्थानमा छ । प्रतियोगितामा चार वटा टोलीको सहभागिता छ। फाइनल खेल र तेस्रो स्थानका लागि आइतबार प्रतिस्पर्धा हुनेछ।