जनकपुरधाम। मधेश प्रदेशका मुखयमन्त्री जितेन्द्र सोनलले पदबाट राजिनामा दिएपनि नयां सरकार गठनको विषयमा आह्वान हुन सकेको छैन।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीको राजिनामा स्वीकृत गरेपनि नयां सरकार बनाउनका लागि आह्वान गरेकी छैनन। नेपालको संविधानको धारा १६८ को उपधारा २ वा ३ अनुसार सरकार बनाउन गठनका लागि आह्वान गर्ने त्यस विषयमा अन्यौलता देखिएपछि प्रदेश प्रमुख परामर्शमा व्यस्त देखिएकी छन।
उनले मुख्यमन्त्री जितेन्द्र सोनल, नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसद यादव, नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव र सभामुख रामचन्द्र मण्डलसंग परामर्श गरिकी छन।
पाँच दलको ५६ प्रदेशसभा सदस्यको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनल संवैधानिक व्यवस्था अनुसार शनिबार विश्वासको मत लिन प्रस्ताव पेश गरिसकेपछि माओवादी केन्द्रका दुई जना प्रदेशसभा सदस्यले विद्रोह गरेपछि उनले राजीनामा घोषणा गरेका थिए।