काठमाडौँ। जिली अटो ग्रुपले विद्युतीय एसयूभी जिली ईएक्स फाइभको दुई लाख १० हजार युनिट बिक्री गरेको छ।
चीनमा उत्पादन भएको जिली ईएक्स फाइभले सार्वजनिक भएको करिब सात महिनामै एक लाख युनिटभन्दा बढी बिक्री गरेको हो। थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्युजिल्यान्ड, केही युरोपेली देश र ल्याटिन अमेरिकी क्षेत्र गरी अहिले यो मोडल २६ देशमा उपलब्ध छ।
जिली अटोले सन् २०२५ को पहिलो ६ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरेको छ। आगामी वर्षमा जिली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङजस्ता सहरमा बजार विस्तारको योजना बनाएको छ।
नेपालमा पनि बिक्री सुरु गरिएको जिली ईएक्स फाइभले पनि नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ। कम्पनीका अनुसार ग्राहक तथा विद्युतीय गाडीप्रेमीले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन्। बढ्दो चासो र मागका कारण नेपालका लागि जिली ईएक्स फाइभको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले देशैभर डिलरसिप विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।