काठमाडौँ। २४ भदौको जेन-जी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ का २८ वर्षीय दीपक कुँवर र धादिङ घर भई पोखरा महानगरपालिका ५ बस्ने २३ वर्षीय दीपक रानामगर छन्। उनीहरूलाई शुक्रबार पोखराबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवीन कार्कीले बताए।
उनीहरू आन्दोलनका क्रममा कास्कीमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर, पसल आगजनी र लुटपाटमा संलगन रहेको कार्कीले बताए।
पक्राउ परेकाबाट मोटरसाइकल, कम्प्युटर, प्रिन्टर, स्मार्ट कार्डलगायत बरामद भएको छ। उनीहरूको कोठामा पुग्दा लुटिएका सामग्रीहरू फेला परेको प्रहरीले जनाएको छ। कास्की जिल्ला अदालतले उनीहरूलाई आपराधिक उपद्रव कसुरमा चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

यस्तै जेन-जी आन्दोलनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ का ३६ वर्षीय विश्वराज परियार र वडा नम्बर १३ का ३२ वर्षीय देवकुमार लोदिया छन्। ग.६प २०६१ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।