काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) पशुपतिनाथको दर्शन गरेकी छन्।
कार्कीले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेको उनको सचिवालयले जनाएको छ।
पशुपतिनाथमा प्रधानमन्त्री कार्कीले टीका र माला ग्रहण गरिन्। प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए।
दर्शनका क्रममा कोषका पदाधिकारीले पाशुपत क्षेत्रको सरसफाइ, व्यवस्थापन र संरक्षणसम्बन्धी योजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
हेर्नुहोस् थप तस्बिर :
