रास्वपाबाट राजीनामा दिएर बसेकी सुमना श्रेष्ठले भने कुलमानको साथ छाडेकी छन्।
काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ। पार्टी कुलमानको भए पनि त्यसको संयोजक भने पूर्वऊर्जासचिव अनुपकुमार उपाध्याय हुने भएका छन्। साथै चुनावचिह्न भने ‘चिम’ रहने भएको छ।
उज्यालो नेपालको संयोजकमा उपाध्याय भए पनि अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा दल दर्ता गरिन लागिएको हो।
तत्कालका लागि उज्यालो नेपालमा संयोजक तोकिए पनि पदाधिकारीहरु नतोकिने बरु ५१ जनाको केन्द्रीय सदस्य बनाइनेछ । स्रोतका अनुसार रास्वपाबाट राजीनामा दिएकी सुमना श्रेष्ठ भने तत्काल उज्यालो नेपालमा जोडिने छैनन्।