२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। कैलालीबाट प्रहरीले ९५ लाख ५५० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१९ खेदाका २३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एन्ड सप्लायर्सका सञ्चालक भारतीय नागरिक २५ वर्षीय आशुतोषकुमार गुप्ता छन्।

उनीहरूलाई मंगलबार राति धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

चौधरीलाई सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटसाइकलमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँ बराबरको मोबाइलका पार्ट्ससहित उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। चौधरीले भातरबाट ल्याएका पार्ट्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा दिने गरेको बताएका थिए।

त्यसपछि स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पार्ट्सहित सप्लायर्सका सञ्चालक आसुतोषलाई समेत नियन्त्रणमा लिएको हो। उनीहरूलाई प्रहरीले भन्सार कार्यालय बुझाएको छ।