काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फोटो फिचर

२६ कार्तिक २०८२
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। मौसम सफा भएसँगै अहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट सेताम्मे हिमाल देखिन थालेको छ।

अरू बेला भने धुम्म बादल र प्रदूषणको कुहिरोले छेकिने यी हिमाल अहिले भने प्रस्ट सेताम्मे देखिन्छन्। काठमाडौँ उपत्यकाबाट मनास्लु, गणेश हिमशृंखला, लाङटाङ, जुगल हिमशृंखला, गौरीशंकरदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासमेत अवलोकन गर्न सकिन्छ।

अहिले मौसम सफा भएसँगै काठमाडौँनजिकैको पर्यटकीयस्थल नगरकोटबाट लहरै यी हिमशृंखला अवलोकन गर्न सकिने भएको छ। पर्यटकहरू हिमाल हेर्नकै लागि नगरकोट जान थालेका छन्।