२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ।

पूर्वी नेपालको इलामबाट २७ भदौमा उद्धार गरी ल्याइएको चितुवा आजदेखि दर्शकले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए।

चिडियाखानामा ल्याएर पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको कालो चितुवा हाल सामान्य अवस्थामा आएपछि अवलोकन गर्न सक्ने गरी राखिएको हो।

यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ। यस प्रकारका चितुवाहरू विरलै भेटिन्छन्।