काठमाडौँ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागु औषधसहित पक्राउ परेका छन् ।
जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार बेलुका ८:३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार १०:४० बजे उनकै घरबाट लागुऔषध प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोह्मो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोहम ५ ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।
सोही क्रममा तुलसीपुर– २ बालापुर बस्ने २१ वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।