काठमाडौं। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
दल दर्ताका लागि चाहिने सबै प्रमाण पुर्याएपछि आयोगले आज (बुधबार) दर्ता प्रमाणपत्र दिएको हो। आजै केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि आयोगले दर्ताको प्रमाणपत्र दिएको हो।
रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन्। योसँगै आयोगमा दर्ता भएका दलको संख्या १२५ पुगेको छ।
