२६ कार्तिक २०८२
अ+
अ-

नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमण सकेर आज (बुधबार) स्वदेश फर्किएका छन्।

दुई छिमेकी देशबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्ध थप सुदृढ पार्ने उद्देश्यले मोदीको भ्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। थिम्पुबाट दिल्लीका लागि प्रस्थान गर्नुअघि मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गरे।

भुटानको भ्रमणका क्रममा विभिन्न ऐतिहासिक कार्यक्रमहरू तथा चौथो ड्रक ग्याल्पोको ७०औं जन्मजयन्तीका अवसरमा आयोजित विश्वव्यापी शान्ति प्रार्थना महोत्सवमा पनि मोदी सहभागी बने। भ्रमणपछि ऊर्जा तथा स्वास्थ्य सेवाजस्ता क्षेत्रका नतिजाले द्विपक्षीय साझेदारीलाई गति दिने मोदीले प्रतिक्रिया दिएका थिए।

यो पनि…

ऊर्जा परियोजनाका लागि भुटानलाई भारतले दियो ४० अर्ब ऋण