काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० कार्तिक २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।

बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन, दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न अर्यालले बैठक बोलाएका हुन्।