प्रतिनिधिसभा चुनाव
निर्वाचन कार्यक्रमअनुसार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता ६ माघमा तोकिएको छ।
काठमाडौँ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरिएको छ।
निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम आइतबार प्रकाशित गरेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायत कार्यक्रम सार्वजनिक गरिएको छ।
निर्वाचन कार्यक्रमअनुसार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता ६ माघमा तोकिएको छ। निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ। सोही दिन बेलुका ५ देखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ।
७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारित छ।
७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारित छ। उजुरीमाथि जाँचबुझपछि ८ माघमा बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि ९ माघका दिन बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ। सोही दिन लगत्तै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिनेछ।
यो पनि…
समानुपातिक तर्फको निर्वाचन कार्यक्रम २० मंसिरबाट प्रारम्भ हुने आयोगले उल्लेख गरेको छ। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मंसिर २१-२३ गतेभित्र आयोगमा निवेदन दिनुपर्ने समय निर्धारित छ। २४ मंसिरमा निवेदन दिएका राजनीतिक दलहरुको नामावली प्रकाशित गरिनेछ। १३ र १४ पुसमा बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्नुपर्छ।
