काठमाडौँ। सडक डिभिजन कार्यालय काठमाडौँले समयमा काम नगर्ने २७ वटा निर्माण कम्पनीसँग ठेक्का अन्त्य गरेको छ।
लिखित तथा मौखिक रूपमा पटक-पटक जानकारी गराई ठेक्का फरफारक गर्न अनुरोध गरे पनि बेवास्ता गरेको भन्दै २७ वटा निर्माण कम्पनीको ठेक्का खोसेको हो। सोमबार एक सूचना प्रकाशित गर्दै कार्यालयले ठेक्का खोसिएका कम्पनीहरूको सूची सार्वजनिक गरेको छ।
‘सार्वजनिक खरिद ऐन अनुसार ठेक्का खोसिएको १५ दिनभित्र व्यवसायीलाई कार्यालयमा सम्पर्क राखी वित्ती फरफारक गर्न अनुरोध गरेका छौं’ डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले भने।
ठेक्का खोसिएका कम्पनीमा त्रिवेणी, सूर्यजीवन, जय दुर्गामाता, सम्झना, गौरी पार्वतीरदेशप्रेम, उग्रवज, राजधानी, लोकवीररओमनिलकण्ठेश्वररशान्ति, शिशिर, ओम महासरस्वती, गोरखा, केएन्ड जे, आरवीररोबीरस्लेट, कागेश्वरी, महाकाली, ओमकार, पन्थ, बिएसडी, जालपा, बेबोलगायत रहेका छन्।
यसअघि ११ कात्तिकमा सूचना जारी गर्दै कार्यालयले ५७ निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको थियो। दोस्रो चरणमा अन्य निर्माण कम्पनीको ठेक्का तोडिने देवकोटाले बताए।
देवकोटाका अनुसार उक्त सूचीमा आर्थिक वर्ष २०६६/६७ सालदेखिका पुराना ठेक्का छन्। “समयमा काम नगर्ने, लिखित र मौखिक रूपमा ताकेता गर्दासमेत बेवास्ता गर्ने कम्पनीको ठेक्का तोड्ने प्रक्रिया अघि बढेको छ,” देवकोटाले भने।
