फोटो कथा
काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकका बाँके, बर्दिया र दाङमा रहेका १९ शाखा कार्यालयका पीडित बचतकर्ताहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूले आफ्नो माग सुनुवाइ नभएको भन्दै प्रदर्शन गरेका हुन्।
बचतकर्ताहरूले लामो समयदेखि बैंकमा राखेको बचत फिर्ता नपाएको गुनासो गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन विरोध प्रदर्शनमा उत्रिएको बताए। उनीहरूले बचत रकम सुरक्षित फिर्ता गर्न, दोषीमाथि कारबाही गर्न र समस्याको तत्काल समाधान गर्न माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले विभिन्न नाराअंकित प्लेकार्ड बोकेर प्रदर्शन गरे। उनीहरूका अनुसार बारम्बार आग्रह गर्दा पनि सम्बन्धित निकायको पहल नहुँदा प्रदर्शन गरेको बताए।
हेर्नुहोस् थप तस्बिर :
