काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ भाद्र २०८२
अ+
अ-

कैलाली। कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ। नुहाउने क्रममा खोलामा डुबेर धनगढी उपमहानगरपालिका–४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतिक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए।

डुबेको खबर पाउनासाथ मालाखेती र स्याउलेबाट खटिएको प्रहरी टोलीले उनीहरूको खोजी गर्न थालेको थियो। घटनास्थल नजिकै खोलामै चारै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। उनीहरूसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुशल घर फर्किएका छन्।

खुटिया खोला धनगढीदेखि करिब १८ किलोमिटर उत्तरतर्फ चुरे पहाडको फेदमा पर्छ।