काठमाडौँ। प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार प्रवेश गरेका जेन-जीको एउटा समूहले भेट नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षण पत्र बुझाउन गएका जेन-जीको एउटा समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि होहल्ला गरेका हुन्।
यो पनि…
प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारको गेटैमा ‘मागपत्र’ [फोटो फिचर]
सुदन गुरुङ नेतृत्वको समूह ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगे पनि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो छ।
उसो त आजै मिराज ढुंगाना नेतृत्वको समूह पनि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेको थियो। तर यो समूह भने सिंहदरबारको दक्षिण गेटमै रोकिनुपर्यो। ढुंगाना नेतृत्वको समूह सिंहदरबार प्रवेश गर्न नपाएपछि दक्षिण गेटकै भित्तामा आफ्ना मागपत्र टाँसेको थियो।
हेर्नुहोस् थप तस्बिर :
