काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ मंसिर २०८२
अ+
अ-

काठमाडौं। अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल परेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार गरेको समूह विभाजनमा नेपाल ‘सी’ मा परेको हो। यस समूहमा वेस्ट इन्डिज र इङ्ल्यान्डसँगै बंगलादेश र इटाली छन्। यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ।

नेपालले समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्नेछ। ८ फेब्रुअरीमा इङ्ल्यान्डविरुद्वको खेलसँगै नेपालको विश्वकप यात्रा सुरु गर्नेछ।

त्यसपछि १२ फेब्रुअरीमा इटलीसँग‚ १५ फेब्रुअरीमा वेस्ट इन्डिजसँग र १७ फेब्रुअरीमा बंगलादेशसँग खेल्दै नेपालले समूह चरणका खेल सकाउनेछ।