काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ रुपैयाँबराबरको कारोबार

११ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। यो साता सेयर बजार लगानीकर्ताको पक्षमा देखियो। कारोबार हुने पाँच दिनसम्मै धेरथोर सेयरबजारले गति लिइरह्यो। लगानीकर्तालाई पनि बढेको सेयरबजारले हौसाइरह्यो। आज साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार झन्डै ११ अंकले बढ्यो।

लगातार बढिरहेको यो साताको पहिलो दिन आइतबार ३९.९२‚ सोमबार ५०.४४ तथा मंगलबार ५.३२ अंकले नेप्से बढ्यो। हिजो (बुधबार) पनि ९.६१ अंकले बढेको सेयर बजार आज (बिहीबार) साताको अन्तिम कारोबार दिन पनि १०.४३ अंकले उचालियो। आज ०.३९ प्रतिशतले बढेको सेयर बजार २६७६.०३ विन्दुमा रोकियो।

बिहीबार सेन्सेटिभ इन्डेक्स पनि २.४८ अंकले बढेर ४६१.६६ विन्दुमा कायम रह्यो। आज ३३३ कम्पनीको ८६ हजार १७० पटकको कारोबारमा एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर किनबेच भए। जसमा आज ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ रुपैयाँबराबरको कारोबार भयो।

नेप्सेमा आज पाँचवटा समूहका सूचक घटे भने बाँकी आठवटा समूहका सूचक बढे। बिहीबार १३१ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको घट्यो। साथै ६ कम्पनीका सेयर मूल्य स्थिर रहे।

आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ४० करोड १७ लाख ७१ हजार १४५ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता १११५ रुपैयाँ रह्यो।