काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

एनपीएल

११ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

कीर्तिपुरमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको हो। लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० बल बाँकी रहँदै ३ विकेट गुमाएर १४५ रन बनाएको हो।

जितसँगै सुदूरपश्चिमले ४ खेलबाट ८ अंक पुर्‍याएको छ। सुदूरपश्चिम अपराजित रहने एकमात्रै टोली हो। लुम्बिनी भने समान खेलबाट २ अंकसहित छैठौं स्थानमा छ।

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले अविजित रहँदै सर्वाधिक ६९ रन प्रहार गरे। ४९ बल खेलेका उनले ५ चौका र ४ छक्का हाने। जारी प्रतियोगितामा उनको पहिलो अर्धशतक हो।

आरिफ शेखले ३९ रन बनाउँदा क्रिस लिन १६ रनमा आउट भए। लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिषेक गौतम र तिलक भण्डारीले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४३ रन बनाएको थियो।

कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका हाने। दिलीप नाथ ३१, डी’आर्ची शर्ट १८ र सुमित महर्जन१८ रनमा आउट भए।

सुदूरपश्चिमका हर्मित सिंह र अविनाश बोहराले समान ३ विकेट लिए। हेमन्त धामीले २ विकेट खसाल्दा स्कट कुग्गेलिजनले १ विकेट राखे।

यो पनि…

एनपीएलमा अर्धशतक बनाउने विनोद भण्डारी नवौँ खेलाडी