काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको दोस्रो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भइरहेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
तीन खेल खेलेर अंकविहीन अवस्थामा रहेको जनकपुर आज जितको खोजीमा छ। जनकपुर अंकतालिकाको पुछारमा छ।
प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अंक तालिकाको पहिलो स्थानमा छ।
यो पनि…
सुदूरपश्चिम आज विजयी भयो प्लेअफमा उसको स्थान सुरक्षित हुनेछ। आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो।
यो पनि…
एनपीएल : पोखरा ३ विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै