काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

१३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। श्रीलंकामा चक्रवात दित्वाहका कारण आएको भीषण वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या १५३ पुगेको छ। बाढीमा बेपत्ता हुनेको संख्या १९१ पुगेको छ।

राष्ट्रपति कार्यालयको सञ्चार विभागका महानिर्देशक प्रसन्ना परेराले टापुभरि आपत्‌काल घोषणा गरिएको बीबीसी सिंहली सेवालाई जानकारी दिएका छन्।

एनडीआरएफका डीआईजी मोहसेन शहेदीका अनुसार भारतले श्रीलंकालाई सहयोग गर्न दुई एनडीआरएफ टोली पठाएको बीबीसी हिन्दीमा समाचार छ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले भने‚ “भारतको निकटतम समुद्री छिमेकी श्रीलंका बाढी-पहिरोबाट गम्भीर रूपमा प्रभावित भएको छ।”

उनले थप भनेका छन्‚ “प्रधानमन्त्री कार्यालयले राहत र उद्धार कार्यका लागि ८० उद्धार कर्मचारी मिलेर दुई एनडीआरएफ टोली पठाएको छ। लगभग २७ टन राहत सामग्री कोलम्बोमा हवाई मार्गबाट ​​पठाइएको छ।”