काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। आज २०८२ साल भदौ १४ गते, शनिबार। तदनुसार सन् २०२५ अगस्ट ३० तारिख र भादौ शुक्ल सप्तमी हो। आजको दिन विशेष धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। अब लागौं आजको राशिफलतर्फ

मेष: आज तपाईँले गरेको कडा परिश्रमको श्रेय अरुले लिन खोज्ने सम्भावना छ। काममा सतर्क रहनुहोस्, किनभने विरोधी र नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन्। आम्दानी हुने ठाउँमा शत्रुको नजर पर्न सक्छ। पढाइमा ध्यान कम जाने र नतिजा अरुकै पक्षमा जाने अवस्था बन्न सक्छ।

वृष: अध्ययनमा समय दिन सके राम्रो परिणाम आउनेछ। काम समयमा सम्पन्न नहुन सक्छ। व्यापारमा अपेक्षाअनुसार आम्दानी नहुने देखिन्छ। प्रेम सम्बन्ध चिसिनेछ भने आफन्तसँग मनमुटाव बढ्ने सम्भावना छ।

मिथुन: व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। उच्च अध्ययनका लागि छोटो वा लामो दूरीको यात्रा तय गर्न सकिनेछ। अरुलाई सहयोग गर्ने अवसर पाइने हुँदा मन प्रशन्न हुनेछ। प्रेम र मित्रता मजबुत हुनेछन्।

कर्कट: स्वास्थ्य राम्रो रहनेछ। व्यापारमा गरेको लगानीबाट लाभ हुने र आम्दानी बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। पढाइ लेखाइमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिनेछ।

सिंह: सीमित साधनस्रोतबाट धेरै काम गर्नु पर्ने बाध्यता हुनेछ। आम्दानीका अवसर साँघुरा हुनेछन्। कानुनी नियम नमान्दा समस्यामा पर्न सकिन्छ। शत्रुबाट दुःख पाइनेछ र कानुनी निर्णय तपाईँको पक्षमा नआउन सक्छ।

कन्या: यात्रा वा सवारी प्रयोग गर्दा सावधान रहनुहोस्। आफन्त टाढा हुने र शुभचिन्तकको सहयोग नपाइने देखिन्छ। काम गर्दा आलोचना सहनु पर्नेछ। प्रेम सम्बन्धमा अविश्वास बढ्ने सम्भावना छ।

तुला: आजको समय अत्यन्तै शुभ छ। कानुनी निर्णयहरु तपाईँकै पक्षमा हुनेछन्। नयाँ अवसर प्राप्त हुनेछन् र सुरु गरेका काममा सहयोग गर्ने साथी भेटिनेछन्। व्यापारमा लाभ हुने भएकाले आर्थिक समस्या हल हुनेछन्।

वृश्चिक: राजनीति वा सामाजिक विषय उठाउँदा गहिरो अध्ययन गरेर मात्र प्रस्तुत हुनुहोस्। प्रतिस्पर्धीहरू बलिया हुने सम्भावना छ। राम्रो काम गर्दा पनि आरोप लाग्ने र आलोचना गर्नेहरु सक्रिय हुनेछन्।

धनु: स्वास्थ्य सबल रहनेछ। राम्रो कम्पनीबाट रोजगारीको प्रस्ताव आउन सक्छ। विदेश जानुपर्ने सम्भावना छ। आय र खर्चबीच ठूलो अन्तर हुने भएकाले आर्थिक उतारचढाव हुनेछ।

मकर: पढाइमा सफलता पाउन बढी समय दिनुपर्नेछ। अग्रजसँग विचारविमर्श गर्ने अवसर पाइए पनि घरपरिवार वा आफन्तबाट पर्याप्त सहयोग नपाइने देखिन्छ। यसले दिगो काम गर्ने अवसर गुम्न सक्छ।

कुम्भ: आजको समय शुभ छ। स्वास्थ्य राम्रो रहनेछ। आर्थिक क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनेछ। व्यापारमा नयाँ विचारले लाभ दिलाउनेछ। धन कमाउने अवसरहरू प्रशस्त हुनेछन्। आफ्नै निर्णय फलदायी हुनेछ।

मीन: आज मिश्रित नतिजा आउनेछ। प्रेम जीवनमा चुनौती आउनेछ। काम वा व्यापारको कारण घरबाट टाढा जानुपर्ने हुन सक्छ। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। आम्दानी कमजोर हुँदा आर्थिक दबाब महसुस हुनेछ।